नामः अभिताभ बच्चन

जन्ममितिः ११/१०/१९४२ उमेरः ७६ वर्ष ४९ वर्षदेखि फिल्मका काम गरेको अनुभव, करिव २०० फिल्मका काम गरेको भाषाः हिन्दी, अंग्रेजी, पंजाबी र बंगाली कदः ६ फुट दुई इन्च, कदले कुनै पनि समस्या हुँदैन।

अभिनेता अमिताभ बच्चनले आफ्यो यो बायोडाटा ट्विटर र इंस्टाग्राममा पोस्ट गरेका छन्, र शीर्षकमा लेखिएको छ, जब एप्लीकेशन। त्यसो हो भने अमिताभ बच्चन जागिरको खोजिमा छन्?

अमिताभ बच्चनले आफ्नो पोस्टसँगै एक अग्रेजी पत्रिकाको एउटा समाचार पनि पोस्ट गरेका छन्। जसमा अभिनेत्री दीपिका पादुकोण र कैटरिना कैफको उचाइ अभिनेता शाहिद कपुर र अमिर खानको भन्दा अग्लो भएको उल्लेख छ। जसका कारण फिल्ममा उनीहरुलाई डेब्यू गराउने निर्देशकले सास्ती व्यहोर्नु परेको उल्लेख छ।

सो पत्रिकाको समाचारमा सुत्रलाई हवाला दिँदै देखिएको छ, ‘फिल्म ‘पद्मावत’ को शुटिङको समय निर्देशक संजय लीला भन्सारीलाई के चुनौती थियो भने अभिनेता शाहिद कपुरलाई अभिनेत्री दीपिका पादुकोण भन्दा अग्लो कसरी देखाउने?’

समाचारमा अगाडि लेखिएको छ, ‘यस्तै चुनौती ‘ठग्स अफ हिन्दुस्तान’ फिल्मको शुटिङको मयमा पनि फिल्मका निर्माता व्यहोराका थिए। यो फिल्ममा अमिर खानसँग कैटरिना कैफ र अमिताभ बच्चन पनि छन्।’

अमिताभ बच्चनले यसैतर्फ संकेत गर्दै आफ्नो पोस्टको अन्तिममा लेखेका छन्, र तपाइँलाई लम्बाइको समस्या हुँदैन।’ अमिताभ बच्चनको पोस्टलाई लिएर इंस्टाग्राम र ट्विटरमा धेरै प्रतिक्रिया आएका छन्। करिव दुई घण्टाभित्रै दुई लाख ७३ हजारले यो पोस्टलाई लाइक गरिसकेका थिए भने करिव आठ हजार भन्दा धेरैले यो पोस्टमा आफ्नो कमेन्ट दिएका छन्। अमिताभको पोस्टमाथि कयौं मानिसले हासिमजाकसमेत गरेका छन्।

गायत्री पुण्डे नामकी एक प्रयोगकर्ताले इंस्टाग्राममा लेखेकी छन्, ‘७६ वर्षको उमेर र २६ वर्षको मन। सदाबहार अभिनेता। र, उफ कस्तो सेन्स अफ ह्युमर।’

दीपिका व्यासले कमेन्ट गरेकी छन्, ‘राम्रो हो सर। यस प्रकारका समाचारले हामी थाकिसकेका छौं। थाहा छैन, को यस्तो समाचार पढ्छ। तपाइँको कमेन्ट एकदम सही हो सर।’ अमिताभ बच्चनको तुलना ती चर्चित हस्तीसँग हुन्छ जो सामाजिक संजालमा सक्रिय छन्। बीबीसी