नायिका स्वेता खड्काद्वारा निर्मित चलचित्र ‘कान्छी’ ले उल्लेखनियरुपमा दर्शकको साथ पाईरहेको छ । शुक्रबारबाट रिलिजमा आएको यो चलचित्र शनिबार जताततै हाउसफुल रहेको छ । शुक्रबार ८० प्रतिशतको अकुपेंन्सी पाएको ‘कान्छी’ ले शनिबार भने आक्रमक कलेक्सन गरेको छ । स्वेता खड्का र दयाहाङ राई स्टारर ‘कान्छी’ ले सिंगल स्क्रिन तथा मल्टिप्लेक्स दुबै हलहरुमा लगभग शतप्रतिशत अकुपेंन्सी पाएको हो ।

आज स्वेता , दयाहाङ र प्रज्जल सुजल गिरीसमेत हलमा पुगेर दर्शकसंगै बसेर चलचित्र हेरेका छन् । विल्कुलै पारिवारिक चलचित्र भएको कारणले पनि ‘कान्छी’ लाई दर्शकहरुले रुचाएका छन् । गोपीकृष्ण गोपी, ओम, नमः , शिवाय जय नेपाल, कुमारी, सिभिल, लबिम, बीग मुभिज र अष्टनारायण, गुण हलहरुमा दर्शकहरुको चाप निकै थियो भने मोफसलमा पनि ‘कान्छी’ लाई दर्शकको राम्रो साथ मिलेको छ ।

शुक्रबारको शोबाट नै सकरात्मक प्रतिक्रिया पाएपछि ढुंक्क बनेकी स्वेताको कमव्याक दर्शकको साथ र मायाको कारण नै सार्थक बनेको छ । प्रेम , पारिवारिक कथा र समाजमा देखिएका बिभेदलाई उठान गरिएको चलचित्रले दर्शकलाई हसाउँछ पनि रुवाउँछ पनि । सबै खुराक भएको कारण नै सबै उमेर बर्गका दर्शकहरुले ‘कान्छी’ रुचाएका छन् ।

माउथ पब्लिसिटीले ‘कान्छी’ को शो अझै बढ्ने अनुमान गरिएको छ । चलचित्रमा स्वेता र दयाहाङको जोडीलाई पनि सकरात्मक प्रतिक्रिया मिलेको छ भने प्रज्जवल गिरी विनोद न्यौपानेको अभिनयलाई पनि प्रशंसा मिलेको छ । चलचित्रमा नीर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मालगायत कलाकारहरुको पनि अभिनय रहेको छ ।