बलिउड नायक सलमान खान निर्माताको रुपमा पनि आईसकेका छन् । प्राय नव कलाकारहरुलाई डेब्यु गराउँन माहिर सलमानले आफनो बहिनी ज्वाईँ आयुस शर्मालाई डेब्यु गराउँने पक्का भएको छ । अडब्टे ट बहिनी अर्पिता खानसंग आयुष प्रेम बिवाह भएसंगै सलमानले आयुषलाई डेब्यु गराउँने चर्चा थियो । केही दिन अगाडीमात्र आयुषका लागि नायिका छनौट भएपछि उनले फिल्म ‘लभ रात्री’ को फस्टलुक सार्वजनिक गरेका हुन् । फिल्मकी डेब्यु नायिका वारिना हुसैन को छनौट भएपछि सलमानले बल्ल केटी भेटाए भनेर सामाजिक सञ्जालमा पोस्ट गर्दा ठुलै हंगामा मच्चिएको थियो ।अभिराज मिनावालले निर्देशन गर्ने यो फिल्म लभस्टोरीमा बेश हुनेछ । आउदो सेप्टेम्बर २१ मा रिलिज हुनेछ । यसअघि पनि सलमानले ‘चिल्लर पार्टी’ , ‘हिरो’ , ‘डा क्याबिई’ लगायतका फिल्महरुलाई आफनो प्रडक्सन हाउसबाट निर्माण गरिसकेका छन् ।