जर्मनी चान्सलर ‘एडोल्फ हिटलर’ ले भनेका थिए, ‘युद्ध गरेपछि कि जितिन्छ कि हारिन्छ तर, प्रेम गरे न हार न त जीत ।’ वास्तवमा प्रेम त्यहीँ हो गर्नेले न हार्छ, न जित्छ । केवल गर्छन् प्राप्ति । आज हामीले प्रणय दिवसका दिन त्यही प्रेमकोबारे नेपाली कलाकारको प्रेमबारे चर्चा गर्ने जमर्को गरेका छौँ ।

कलाकारहरूको प्रेम सम्बधका विषयमा दिनहुँजसो गसिपहरु बनिरहेका हुन्छन् । हुन त कलाकारहरको प्रेम सम्बन्ध त्यति मजबुद देखिँदैन । वैवाहिक सम्बन्ध पनि त्यति मजबुद देखिँदैन । उल्लेखनीय रूपमा सम्बन्धबिच्छेद गरेका घटनाहरूबारे सर्बधारण समेत जानकार छन् ।

१, प्रियंका कार्की र आयुषमान देशराज जोशी

व्यस्त अभिनेत्री प्रियंका कार्की र आयुषमान देशराज ‘कथा काठमाण्डौ’ को सुटिङका क्रममा नजिकिएको जानकारहरू बताउँछन् । उनीहरू अहिले गहिरो प्रेममा छन् । दुई जनाको फिल्म सुटिङकै क्रममा भेटघाट बाक्लिएपछि सम्बन्ध प्रेम परिणत भएको जानकार बताउँछन् । आयुषमानसँग प्रेममा रहनु भन्दा पहिले प्रियंकाको अभिनेता दयाहाङ राईसँग प्रेम सम्बन्ध रहेको भन्ने खबरहरू बाहिर आएका थिए । तर, नायिका कार्कीले दयाहाङसँगको प्रेम झुटो भएको भन्दै टारेकी थिइन् । अहिले प्रियंका आफूभन्दा केही कान्छा जोशीको प्रेममा छिन् । सम्भवतः विवाह बन्धनमा बाँधिने पक्का छ । तर, अहिले नै ठोकुवा गर्न भने सकिँदैन ।

२, छविराज ओझा र शिल्पा पोखरेल

निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेल पनि अहिले प्रेम सम्बन्धमै रहेको उनीहरूको अभिव्यक्तिहरूले खुलासा गरेको छ । नायिका रेखा थापासँग सम्बन्ध तोडिएपछि नायिका पोखरेलसँग ओझा प्रेम सम्बन्धमा परेको समाचार बाहिर आएको थियो । विभिन्न कालखण्डमा वैवाहिक सम्बन्धमा बाँधिने भनेर समाचार पनि आएको थियो । तर, वैवाहिक सम्बन्धमा भने बाँधिन सकेका छैनन् । जानकारी अनुसार विवाहका लागि दुवै परिवारको सहमति भएको बुझिएको छ । ओझाको बिहे भएको खण्डमा यो घरजम चौथो हुनेछ । ओझाले यो भन्दा पहिले ३ पटक बिहे गरिसकेका छन् । तर, ३ वटै सम्बन्ध असफल भएपछि चौथो बिहेको तर्खरमा लागेका हुन् । पोखरेलको भने पहिले विवाह हुनेछ ।

३, वर्षा राउत र सञ्जोग कोइराला

पछिलो समय छोटै समयमा चलचित्र क्षेत्रमा सफलता पाउने कलाकारमध्ये वर्षा राउत पनि एक हुन्् । उनका छ एकान छ, छक्का पन्जा, जात्रा, मिस्टर झोलेलगायतका फिल्मले सफलता हात परिसकेका छन् । उनी पनि धेरै पहिलेदेखि नै प्रेम सम्बन्धमा रहँदै आएकी छिन् । वर्षा राउत सञ्जोग कोइरालासँग गहिरो प्रेममा छिन् । जानकारका अनुसार यी दुईबिच ‘सरी ल’ को अडिसनबाट चिनजान भएको थियो । त्यसपछि त्यही चिनजान प्रेममा परिणत भएको बताइन्छ । अहिले उनीहरुबीच गहिरो प्रेम छ । वर्षा आफ्नो सफलताको श्रेय सञ्जोगलाई दिने गर्छिन् । सञ्जोग पेसाले इन्जिनियर हुन् । साथै उनी मनोरञ्जन क्षेत्रमा पनि आबद्ध छन् ।

४, पल शाह र आँचल शर्मा

पल शाह र आँचल शर्मा पनि प्रेममा छन् । उनीहरू नाई नभन्नु ल–४ बाट नजिकिएको जानकार बताउँछन् ।