शनिश्चरे, मोरङ । किरात राई भालुमी साम्पाङको २५ औं केन्द्रीय वंश भेला तथा सम्मान कार्यक्रम झापाको कमल गाउँपालिकामा सम्पन्न भएको छ ।

२ दिनसम्म सञ्चालित भेलाले वंशावलीको दोस्रो संस्करण निकाल्ने, अक्षयकोष खडा गर्ने, ४ जिल्लामा जिल्ला शाखा निर्माण गर्ने लयायतका वंश उत्थानका निर्णयहरु भएको केन्द्रीय सदस्य पाँचथरका गणेश साम्पाङले जनाए ।

आइतबार सम्पन्न कार्यक्रममा, संस्थाका केन्द्रीय अध्यक्ष मनोज साम्पाङ राई, भालुमी वंशमा पहिलो विद्यावारिधि गर्ने भोजपुरका डाक्टर भक्त साम्पाङ राई, झापा दमक १ का मानवहादुर देवानलाई दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको छ ।

त्यस्तै, पाँचथर मिक्लाजोङका भगवानसिंह राईलाई परणोप्रान्त सम्मान गरिएको छ । भारत सिक्किम नाम्चीका नरप्रसाद साम्पाङ, दार्जीलिङका प्रेम साम्पाङ राई पनि सम्मानित भएका छन् ।

कार्यक्रममा, १ नम्बर प्रदेश तथा भारतका विभिन्न प्रान्तका भालुमी साम्पाङ राईहरु भेला भएका थिए ।