पाँचथर/ जिल्लाको हिलिहाङ गाउँपालिका–७, सल्लेरी घुम्ति छेउमा शनिबार बिहान भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ताप्लेजुङको सिरिजंगा गाउँपालिका–४, का भुपेन्द्र दर्जी र सोही गाउँपालिका–२, का कमल भट्टराई रहेको प्रहरीले जनाएको छ । उनीहरु दुबै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता प्रहरी निरिक्षक बिज्ञान बस्नेतले बताए । दुर्घटनामा परी ताप्लेजुङको सिरिजंगा गाउँपालिका–४, का समीर शेर्पा घाइते भएका छन् ।
उनको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको बताइएको छ । ताप्लेजुङ देखि फिदिम आउँदै गरेको मे १ त ३४०६ नम्बरको ट्याक्टर शनिबार बिहान अनियन्त्रित भई सडकबाट एक सय ७० मिटर तल खसेको प्रहरीले जनाएको छ ।