भद्रपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कन्काई नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ३ की ३६ वर्षकी इन्दिरा सुवेदी ९अधिकारी० रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। दुर्घटनामा परी घाइते भएकी सुवेदी बीएण्डसी हस्पिटल बिर्तामोडमा उपचार गराउँदै आएकी थिइन्। उपचारको क्रममा उनको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ। कन्काई नगरपालिका– ५ बिरिङ पुल नजिकै पुस २१ गते शुक्रबार बेलुका मे३प ४३४ मोटरसाइकलको टायर पम्चर हुँदा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। श्रीमान केशव अधिकारीले चलाएको मोटरसाइकल दुर्घटना हुँदा दम्पत्ती नै गम्भीर घाइते भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। घाइते श्रीमान अधिकारीको हाल भारत सिलगुढीमा उपचार भइरहेको छ।