लक्ष्मीमार्ग । गरिबीले निम्याएको दुर्दशा कति भयानक हुन्छ भन्ने उदाहरण हुन मोरङको बेलबारी १० का ३८ बर्षीय बिष्णु याक्खा,गरिबीका कारण बिदेशिएका उनले सामान्य दुखाईमा आफनो पिडा महशुस गर्न पाएनन् जब उनी दुईवटै मृगौलाले काम गर्न छोडेपछि थलिए,अनिमात्र उनले आफु मृत्युको मुखमा पुगेको थाहा पाए । कमजोर आर्थिक अबस्थाका कारण आफना काकाको शरणमा बसेका उनी केही बर्षअघि बैदेशिक रोजगारीका लागी दुबई गए,त्यसपछि नेपाल फर्किएर फेरी कतार गए,उनलाई स्वास्थ्यले साथ नदिएपछि नेपाल फर्किए र केही समय घरमा बसे । चरम आर्थिक समस्याले गिजोलेपछि उनी फेरी मलेसिया गए । गएको केही महिनामै उनी स्वास्थ्य अबस्था ठिक नभएपछि फर्किए । उनी त्यतिबेला छाँगाबाट खसेझै भए जतिबेला उनले आफनो दुबै मृगौलाले काम नगरेको थाहा पाए । श्रीमती र २ सन्तानका पिता उनी यतिबेला मानब अंग प्रत्यारोपण केन्द्र काठमाण्डौमा डाईलासिस गराईरहेका छन । उनको उपचारमा अहिले सम्म उनका काकाले ६ लाख बढी खर्च गरिसकेका छन । पछिल्लो सयम उनको निशुल्क डाईलासिस भईरहेको छ । उनलाई कसैले मृगौला दिए ६ लाखमा प्रत्यारोपण गर्न सकिने डाक्टरले बताएको उनका काका लोक बहादुर याक्खा बताउँछन्. । उनको उपचारका लागी खर्च अभाव भएपछि स्थानीय शिक्षक तथा अभियानकर्मी रत्न कुलुङले बिष्णु याक्खा बचाऊ अभियान नै शुरु गरेका छन । अभियान अन्र्तगत शुक्रबार बिहान अमेरिकाबाट कमल निरौलाले संकलन गरी पठाएको १ लाख १९ हजार ४ सय ८२ रुपैया निरौलाकी आमा पुर्णमाया निरौलाले बिरामीका काकालाई हस्तान्तरण गरेकी छिन । बेलबारी वडा नम्बर १० को कार्यलयमा भएको कार्यक्रममा उपस्थित वडाअध्यक्ष गंगा याक्खा,वडा नम्बर ११ का अध्यक्ष याम बहादुर पोख्रेल लगायतले याक्खाको उपचारका लागी सबैमा अपिल गरेका छन । अभियानकर्मी रत्न कुलुङले समेत बिरामी याक्खाको उपचारका लागी अपिल गरेका छन् ।