शनिश्चरे/मोरङको पथरीशनिश्चरेस्थित पथरी उद्योग वाणिज्य संघको १४ औं चुनावी अधिवेशनमा मुख्यत संघको भवन निर्माणको मुद्धालाई अघि सार्दै नेतृत्वका आकांक्षीहरुले आफुहरुलाई चुनावी प्रतिष्पर्धामा उतार्ने भएका छन् ।
[caption id="attachment_71808" align="alignleft" width="208"]
दिपक बस्नेत[/caption]
[caption id="attachment_71809" align="alignleft" width="225"]
जितन कार्की[/caption]
[caption id="attachment_71810" align="alignleft" width="340"]
धनकुमार तामाङ[/caption]
माघ २८ र २९ गते हुने ३१ औं वार्षिक साधारणसभाको सन्दर्भ सहित हुने निर्वाचनमा हालसम्मको अवस्था अनुसार वर्तमान अध्यक्ष धनकुमार तामाङ, महासचिव जितन कार्की र पूर्व सदस्य दीपक वस्नेतले अध्यक्ष पदका लागि आकांक्षा व्यक्त गरेका छन् ।
तामाङलाई नेपाली कांग्रेस र वस्नेतलाई नेकपा एमाले तथा माओवादी केन्द्रको गठवन्धन पक्षका व्यवसायीबाट प्यानल खडा गरेर चुनावी प्रतिष्पर्धामा लाने काम भइरहेको छ । कार्की पनि वाम गठवन्धनको पक्षको समर्थन लिएर अगाडि बढ्ने योजनामा छन् ।
तामाङ यसअघि स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए भनें वस्नेत यसअघिका २ कार्यकालमा समितिमा सदस्य रहेर काम गरिसकेका छन् ।
तामाङले संघको भवन निर्माण, व्यवसायिका हकहितका समग्र व्यवस्थापन र व्यवसायीका समस्या समाधान गर्ने हिसावले आफु पुन अध्यक्ष वन्नु आवश्यक रहेको जनाएका छन् ।
वस्नेतले आफु १९ वर्षदेखि हार्डवेयर व्यवसायमा रहेको जनाउँदै संघलाई महासंघमा आधिकारिक दर्ता गराउने, संघका लागि जग्गा खरिद गरी भवन निर्माण गर्ने, व्यवसायको प्रवद्र्धनका लागि राज्यका तिनवटै तहसंग समन्वय गर्ने प्रतिवद्धता अघि सारेका छन् । यसका साथै उनले व्यवसायिकको हकहितका लागि नगरपालिकासँग समन्वय गर्ने, घर वहाल करको स्पष्ट नीति ल्याउने, नगरको सरसफाई गर्ने, पथरी वजारलाई व्यापारिक केन्द्र बनाउने सहितका योजनाहरु आफ्नो प्रतिवद्धतामा राखेका छन् ।
तामाङको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा हाल सोही पदमा कार्यरत कविता पराजुलीले उम्मेदवारी दिने वताएकी छन् । उनीसँग प्रतिष्पर्धाका लागि वामगठवन्धनबाट विजय डाँगीले उम्मेदवारी दिने वताएका छन् । तामाङको प्यानलबाट महासचिवमा दुर्गाप्रसाद भट्टराईले उम्मेदवारी दिने उल्लेख गर्दै सदस्यको संख्या बृद्धि, भवन निर्माण सहितका ८ वुँदे प्रतिवद्धता घोषणा गरेका छन् ।
वाम गठवन्धनको प्यानलबाट महासचिवका लागि अशोक साम्पाङले उम्मेदवारी दावी गरेर सवै वर्गका व्यवसायिको समान हकहित स्थापित गर्न, घरधनी र भाडावालको विवाद सुल्झाउन तथा भवन निर्माण सहितका ८ वुँदे नै व्यवसायिक हक हितका कुरा सार्दै प्रचार प्रसार गरेका छन् । सो प्यानलबाट हालका कोषाध्यक्ष कृष्णप्रसाद भट्टराईले पुन सोही पद दोहोर्याउन उम्मेदवार वन्ने जनाएका छन् । युवा व्यवसायी विजयजंग वस्नेतले सदस्यका लागि उम्मेदवार वन्ने भन्दै सामाजिक सञ्जालमा प्रचारप्रसार गरिरहेका छन् ।
०४३ मा पथरी व्यापार प्रवन्ध समितिका रुपमा स्थापित संस्था ०७१ मा पथरी उद्योग वाणिज्य संघ बनेको हो । हाल संघमा ७ सय ४४ सदस्य रहेको निर्वाचन समिति संयोजक भगतचन्द्र थपलियाले वताए ।