धनकुटा/जिल्लाको छथर जोरपाटी गाँउपालिका वडा नं.६ नाम्जाङमा रहेको निगाले सिमेन्ट फेक्ट्री प्रशासनले प्रहरी लगाएर २ जना स्थानियलाई विहिवार साँझ पक्राउ गरेपछि आक्रासित गाउँलेले सिमेण्ट फ्याक्ट्रीमा शुक्रवार ताला लगाई दिएका छन् ।

फ्रयाक्ट्रीवाट निस्किएको दुषित फोहोर र प्रदुषण ७ दिन भित्र व्यावस्थापन गर्ने भनि स्थानियसंग भएको सहमती कार्यान्वयन गर्नुको सट्टा फ्याक्ट्रि प्रशासनले उल्टै प्रहरी लगाएर स्थानियलाई पक्राउ गरिए पछि उनीहरुले फेक्ट्रीको मुलगेटमा ताला लगाई दिएका हुन । प्रहरीले आन्दोलनको अगुवाई गरिहेको आरोप लगाउँदै विहिवार साँझ विना पुर्जी जानकारी नदिई ६.३० वजे स्थानिय इन्द्रवहादुर घिमिरे र भगीरथ बस्नेतलाई आफ्नै घरमा वसीरहेको वेला पक्राउ गरेको इन्द्रवहादुरका भाई लोकबहादुर घिमिरेले वताएका छन् ।

विहिवार साँझ पक्राउ गरिएका घिमिरे र बस्नेतलाई धनकुटा नलगी सिधुवा प्रहरी चौकीमा राखेर समश्याको सामाधान खाज्ने भन्ने स्थानियवासी र प्रहरी विच सहमती भए पनि अपहरणको शैलीमा रातको ३ वजे धनकुटा लगेको आरोप लोकबहादुरले लगाएका छन् । उनले निर्दोष स्थानिय युवाहरुलाई पक्राउ गरेपछि शुक्रवार १ वजे निगाले सिमेण्ट फ्याक्ट्रीको मुलगेटमा ताला लगाएर फेक्ट्री संचालनलाई ठप्प पारिएको वताएका छन् । उनले सिधुवा प्रहरी चौकीका प्रहरी निरिक्षक धनलाल श्रेष्ठले विहिवार साँझ भएको सहमती उलंघन गरेको आरोप समेत लगाएका छन् ।

आन्दोलनको अगुवा गरिहेका दिपक गुरुङ्गले भने हाम्रा साथीहरु विना सूचना अपहरणको शैलीमा प्रहरीले मध्यरातमा पक्राउ गरेर लगेको छ, विनाशर्त रिहा गर्न दवाव दिने उदेश्यले १२ घण्टे अल्टिमेटम दिएर फ्याक्ट्रीमा ताला लगाएको वताएका छन् । गु्रुङ्गले भने “आफु धनकुटा वस्ने, कालो शिसा भएको चिल्लो गाडी चड्ने अनी हामी फ्याक्ट्री वरिपरी वस्ने स्थानियवासीलाई धुलो, धुवाँ अनि प्रदुषण खुवाउने संचालक दिनेष पौडेललाई पनि नछोड्ने बताए ।” हामीले वर्षौ देखी धुलो, धुवाँ नियन्त्रण गर, भनेर सम्यमित भएर वसियौं, फेक्ट्री संचालनमा वाधा पुर्याएनौं तर आज हामीलाई अन्याय भयो न्याय देउ, स्वास्थ्यमा असर गर्यो भन्दा उल्टै प्रहरी लाउनेलाई अव स्थानियले छाड्ने छैन्न, गुरुङ्गले भने ।

स्थानियवासी र फेक्ट्री संचालक विच गएको माघ १३ गते वातवरण विद्ध र परामर्शदाताहरुको स्थलगत अनुगमनको क्रममा विवाद हुँदा स्थानियवासीले संचालक पौडेललाई हातपात गरेका थिए । पौडेलले आफु माथि हातपात भएको भन्दै यस अघि पौडेलले प्रहरी माथि उजुरी दिएको र सोही उजुरीको आधारमा २ जना स्थानियलाई पक्राउ गरिएको प्रहरीको दावी छ । स्थानियले फ्याक्ट्रीमा ताला वन्दी र घेराउ गरेर नारावाजी गर्न थाले पछि ३ दर्जनको संख्यामा शसस्त्र प्रहरी र जनपथ प्रहरी फ्याक्ट्रीमा तैनाथ गरिएको छ ।

फ्याक्ट्री व्यावस्थापन पक्षले सिमेण्ट फेक्ट्रीबाट निष्किएको धुलो, दुधाँ (डष्ट)हरु र फेक्ट्रीमा प्रयोग भएको फोहोर पानीको कारण फेक्ट्री आसपासका स्थानियवासिन्दालाई प्रतक्ष्य रुपमा स्वास्थ्यमा असर परेको भन्दै उनीहरुले विरोध जनाउँदै आएका छन् । उनीहरुले बषौं अघि सिमेण्ट फेक्ट्री स्थापना ताका स्थानिय गाउँबासीहरुसंग फ्याक्ट्रीबाट निष्किएको प्रदुषण नियन्त्रणको लागी गरेको प्रतिबद्धता हालसम्म पनि कार्यन्वयन नगरेको कारण वाध्य भएर गाउँवासीहरु आन्दोलनमा उत्रिनु परेको वताएका छन् । उनीहरुले आफ्ना पक्राउ परेका साथीहरुलाई रिहा नगरेसम्म निरन्तर आन्दोलन गरिहरने वताएका छन् ।