तरहरा/ हङकङका नेपालीहरुले भुकम्पले जोखिमयुक्त भएको इटहरी स्थीत बुढिगंगा प्राविको नयाँ भवन बनाउन आर्थिक सहयोग गरेका छन् ।
हङकङ नेप्लीज टेनिस सोसाइटीका सचिव बज्र कुमार राई र इटहरीका मेयर द्वारिकलाल चौधरीबिच भएको सहमति अनुसार सोसाइटीले ९ लाख ३४ हजार ८ सय ६५ रुपैयाँ सहयोग गरेको हो । सोसाइटीको सहयोगमा इटहरी उपमहानगरपालिकाले १५ लाख थप्ने र हरेक बर्ष बजेट विनियोजन समेत गर्ने सहमति भएको इटहरीको संगीत साधना प्रतिष्ठानका महासचिव राजु केसीले बताए ।
सोसाइटीका सचिब राईका अनुसार इटहरी ४ मा रहेको बुढिगंगा प्राविमा गरिब तथा बिपन्न समुदायका धैरै विद्यार्थीहरु पढ्ने भएकाले पनि उक्त सार्वजनिक विद्यालयमा सहयोग गरिएको हो ।