ताप्लेजुङ/ ताप्लेजुङको पाथिभारा याङवक गाउँपालिका ३ तिरिङ्गेका ४७ वर्षीय पूर्णबहादुर लिम्बू मृत अवस्थामा भेटिएका छन्। सोमबार गाउँकै ढडेनी भीरको फेदमा लिम्बुको शव स्थानीयले फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ।
लिम्बू पौष १३ गते सदरमुकाम फुङलिङबाट फर्किएको र गाउँकै एक विवाहमा मदिरा सेवन गरी घर जाने क्रममा भीरबाट लडेको हुनसक्ने प्रहरी कार्यालयका प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको बस्नेतले बताए ।
































