[caption id="attachment_64200" align="alignleft" width="334"] ज्ञानेन्द्र कार्की[/caption]

सुनसरी/भारतबाट फर्किएपछि होस् वा भूमिगत अवस्थामा वीपी कोइरालाले मुख्य मुकाम बनाएर राजनीतिक गतिविधी गर्ने थलोे अहिलेको सुनसरी क्षेत्र नं. ४ थियो । कोइरालाले क्षेत्र नं. ४ मै पर्ने रामनगर भूटाहामा २००७ सालमा पहिलोपटक सभा गरेका थिए । अहिलेको ४ नं. समेतलाई समेटिएको क्षेत्रबाटै कोइरालाले २०१५ सालमा चुनाब जितेका थिए ।

वीपीपछि ०४८ सालको आम निर्वाचनमा सुनसरी क्षेत्र नं. ४ मा परेको बेला, ०५१ सालको मध्यावधि निर्वाचनमा र ०५६ सालको संसदीय निर्वाचनमा पनि क्षेत्र नं. ५ मा परेका बेला दिवंगत नेता गिरीजाप्रसाद कोइरालाले चुनाब जितेका थिए । यो क्षेत्र काँग्रेसले पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा गुमायो । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा यो क्षेत्रबाट मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग कोइराला परिवारकै काँग्रेसकी सुजाता कोइराला पराजित भएकी थिइन् । दोस्रो संविधानसभा निर्वाचनमा पनि फोरम नेपालकै यादव बिजयी भएको क्षेत्रको साख अहिलेका वाहलवाला अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले जोगाईदिएका छन ।

वीपीले रामनगर भूटाहाका दिवंगत नेता डा. खलिल मियाँ, मक्सुद अनसारी, नक्छेदी मियाँ, अमीनलगातयलाई परिचलान गरेर संगठन गर्थे । पूर्व गृहमन्त्री होमबहादुर श्रेष्ठका छोरा रमेश श्रेष्ठ लाई पराजित गदै वाहालवाला अर्थमन्त्री कार्कीले वीपी र गिरिजाप्रसादको विरासत जोगाए । २०५६ सालको संसदीय निर्वाचन र ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा काँग्रेसका कार्की भोजपुरबाट झिनो मतान्तरले हारेका थिए । दोस्रो संविधानसभा निर्वाचनमा उनी समानुपातिकमा बसे ।

यो निर्वाचन क्षेत्रको निर्णयक मतदाता भने मधेसी समूदायकै मतदाता हुन् । यस क्षेत्रमा मुस्लिम मतदाताको संख्या पनि ठुलै छ । मुस्लिम समूदायको मत निर्णायक भएकै कारण कार्कीको जित भएको थियो । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्की सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा कार्कीले ३२ हजार ३४७ मत पाएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रमेश श्रेष्ठले २५ हजार ७५० मत पाएका छन् । कार्की र श्रेष्ठबीचको मतान्तर ६ हजार ५९७ छ । तेस्रो स्थानमा रहेका राजपा उम्मेदवार रामनारायण यादवले ५ हजार २० मत पाएका छन् ।

२०२८ सालबाट विद्यार्थी छदाँदेखि नै राजनीति शुरु गरेका सीताराम मेहता सुनसरी क्षेत्रनम्वर २ को प्रतिनिधि सभामा निर्वाचित भएका छन । ०४६ सालको आन्दोलनमा सहभागी हुदाँ झन्डै डेढ महिनासम्म जेल जिवन विताएका थिए । ०४९ सालको स्थानीय निकायको निर्वाचनमा इनरुवा नगरपालिकाको उपमेयरमा बिजयी भएका थिए । तत्कालिन समयका मेयर भरत सुवेदीको मृत्युपछि मेहत्ताले कार्यबाहक मेयर पनि सम्हालेका थिए । मेहताले २०७० सालको संविधानभा निर्वाचनमा क्षेत्र नं. ४ बाट बिजयी भएका थिए । मेहताको क्षेत्र देवानगञ्जमा विपिले राजनिति गर्ने गरेको ठाउँ हो ।

बाम गठबन्धनका उम्मेदवार डम्मरु सुवेदी २०५३ सालमा माओवादीको भातृ संगठन अखिल नेपाल ट्रेड यूनियनमा आबद्द भएर एक बर्षपछि जिल्ला कमिटी हुदैं २०५८ सालमा संकटकाल लागु भएपछि माओवादी जनमुक्ति सेनाका बटालियन कमाण्डर समेत भएका थिए । सुवेदीलाई ७ हजार १ सय ४६ मतअन्तरले चुनाव हराए । मेहताले ४१ ह्जार ४ सय ९५ मत पाए भने सुवेदीले ३५ हजार ३ सय ४९ मत पाएका छन ।