श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल भदौ ९ गते सोमबार, २५ अगष्ट २०२५,सिद्धार्थीनाम संवत्सर। भाद्र शुक्लपक्षको द्वितीया तिथि ११ः४३ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र उत्तरफाल्गुनी ०४ः०४ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि सिंह, सूर्योदय ०५ः४० बजे र सूर्यास्त ०६ः३० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
छिटो फल प्राप्त गर्ने आकाङ्क्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अवसर आए पनि नयाँ काम थाल्नुअघि विचार पु¥याउनु होला। सम्झौता गर्नुपरे पनि काम बन्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुनसक्छ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
असमझदारी बढ्नाले पहिलेको सम्झौता भङ्ग हुनसक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
महत्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव देखापर्न सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नजिकिनेहरूबाट सावधान रहनुहोला । सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ। चिताएको काम सम्पादन हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान(सम्मान प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नाम, दाम र इनाम प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिकूल परिस्थितिमा पनि लाभ भइरहनेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ।