-
Home
-
पूर्व
-
एचआइभी संक्रमित बालबालिकाको कोषमा मोडल आङसाङद्वारा नगद सहयोग
एचआइभी संक्रमित बालबालिकाको कोषमा मोडल आङसाङद्वारा नगद सहयोग
- असोज २४, २०७४
- ब्लाष्ट खबर
धरान/एचआइभी संक्रमित बालबालिकाको शैक्षिक स्तर माथि उकास्न बनेको ‘शिक्षाको लागि हातेमालो कोष’ लाई मोडल आङसाङ लिम्बूले १० हजार नगद सहयोग गरेकी छन् ।
धरान–१९ की लिम्बूले आफ्नो २१ वर्ष प्रवेशको अवसर पारेर ‘धरान पोजेटिभ समूह’ लाई सोमबार सा“झ रकम हस्तान्तरण गरेकी हुन् । रकम समूहका अध्यक्ष खगेन्द्र खड्कालाई लिम्बूकी आमा तथा गायिका हर्षु राई र लिम्बूले एकसाथ हस्तान्तरण गरे । आफ्नो जन्मदिनको अवसर पारेर हरेक वर्ष लिम्बूले अनाथ, असहाय तथा अपाङ्गहरुलाई सहयोग गर्दै आइरहेकी छन् ।
समूहले सञ्चालन गरेको हातेमालो कोषमा हालसम्म ३ लाख ८८ हजार ५ सय रुपैया रकम जम्मा भइसकेको छ । उक्त कोषबाट आएको व्याजले हरेक ६–६ महिनामा एचआइभी संक्रमित बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गर्दै आइरहेको छ । केही महिना अघि मात्रै १७ जनालाई शैक्षिक सामग्री दिइएको समूहका अध्यक्ष खड्काले बताए ।
उनले कोषको लागि आएको रकम कोषमा जम्मा गर्ने र सहयोगी दाताहरु यसमा ढुक्क हुनको लागि आग्रह गरे । लिम्बूले सहयोग गर्नु अघिसम्म ३ लाख ७८ हजार ५ सय रुपैया कोषमा रहेको अध्यक्ष खड्काले बताए । सुनसरीमा रहेका एचआइभी संक्रमित बालबालिकाहरुलाई कोषको व्याजले शैक्षिक सामग्री दिने गरिएको बताइन्छ । सुनसरीमा संक्रमित मात्रै ३२ जना बालबालिका रहेको बताइन्छ ।