धरान/सुनसरी प्रहरीले अवैध सामानसहित दुई जनालाई नियन्त्रणमा लिई भन्सार बुझाएको छ। पक्राउ पर्नेमा भारत सुपौल वस्ने नुरूल हक र कावालुल्ला मियाँ रहेका छन। उनीहरुलाई इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको गस्ती टोलीले कोशी गाउँपालिका-१ लौकही बजारबाट करिब २२ हजार ५ सय मूल्य बराबरको भन्सार छली ल्याएको चामल तथा पानमसला (रजनीगन्धा, तुलसी) सहित बुधबार नियन्त्रणमा लिइएको हो। प्रहरीले सामान ओसार पसारमा प्रयोग गरिएको तीन थान साईकलसमेत बरामद गरेको छ । बरामद सामानसहित दुबै जनालाई बिहिबार सेतुबन्ध भन्सार कार्यालय बुझाइएको उक्त कार्यालयले जनाएको छ।