धरान/मोरङ प्रहरीले धरानकी एक युवतिलाई लागूऔषधसहित पक्राउ गरेको छ । धरान–१८ की १९ वर्षीया स्नेहा राईलाई इलाका प्रहरी कार्यालय निमुवा मोरङले पक्राउ गरेको हो । चेकजाँचको क्रममा बुधबार उनलाई बुढीगंगा गाउँपालिका–४ मा रहेको राहुल पेट्रोल पम्प नजिकैबाट पक्राउ गरेको थियो । उनको साथबाट डाईजेल्याब ११ एम्पुल, एभिल ११ एम्पुल र लुपिजेसिक ११ एम्पुल बरामद बरामद गरेको छ । उनलाई इलाका प्ररही कार्यालय निमुवामा राखी थप अनुसन्धान भइरेहको जनाएको छ ।