लागूऔषधसहित धरानका एक युवा पक्राउ
- असोज १२, २०७४
- ब्लाष्ट खबर
धरान/सुनसरीको धरान–८ स्थित तिनकुनेबाट प्रहरीले बुधबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा को १० प २०९३ नम्बरको मोटरसाइकलमा सवार धरान–८ का ३७ बर्षीय गदेश श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिए ।
उनलाई अस्थायि प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरी टोलीले साँझ ६ बजेतिर पक्राउ गरेको थियो । पक्राउ परेका श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरेहको छ ।