पथरी/ दशैतिहार नजिकिदै गर्दा इलाकाप्रहरी कार्यालय रंगेलीले एकलाख बराबरको बिभिन्नकिसिमका पटेकापक्राउ गरी नष्ट गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलनगर्दै इलाकाप्रहरीको परिसरमा खाल्टा खनेर बिभिन्नकिसिमकाबिष्पोटक बस्तुहरु नष्ट गरेको हो । प्रहरीले रंगेलीनगरपालिका ४ स्थित चोप्राहनाका बाट अबैध रुपमा नेपालल्याउने क्रममाबिष्पोटक बस्तुहरु पक्राउ गरेको थियो ।व्यपारी तथा तस्करहरु यस बेला नेपालीहरुको तिहार नजिकिदै जाँदा तस्करहरुले पट्काजन्य बस्तुहरु ओसारपोसारमा सकृय हुने गरेको इलाकाप्रहरी कार्यालयका इस्पेक्टर सन्जिबबाबु खड्काले बताए ।

त्यसैगरी भारतबाट अबैध रुपमा नेपालल्याउदै गरेको सुर्ति,कुर्ता सुरुवाल,चिनी समेत पक्राउ गरेको छ । त्यसैगरी दर्वेशा,रमाइलो,बयरबनबाट रंगेलीलादै गरेको ३ सय लिटर घरेलुु मदिरा समेत प्रहरीले पक्राउ गरेको छ । पक्रा गरेका सामानहरुलाई बिराटनगर स्थिति भन्सार कार्यलय बुझाउने इस्पेक्टर खड्काले बताए ।