विराटनगर/‘शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र प्रशासन’ भन्ने मुख्य नाराको साथ मोरङ प्रहरीले ‘प्रहरी हाम्रो टोलमा’ भन्ने अभियान मोरङमा सुरु गरेको छ । गृहमन्त्रीको ८४ वुँदे गृह प्रशासन सुधार मार्गचित्रको अधिन रहि ‘प्रहरी हाम्रो टोलमा’ अभियन शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङमा एक कार्यक्रम आयोजना गरी अभियन सुरु गरेको हो । कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले अभियानले नागरिकसंग प्रहरी र प्रशासनको सम्वन्धलाई अझ प्रभावकारी बनाउने बताए । ‘जनतालाई सुरक्षाको प्रत्याभूति गराउन यस्तो अभियान प्रभावकारी हुन्छ,’ आचार्यले भने, ‘यो अभियानमा सबैको साथ सहयोगको आवश्यक छ । उनले नागरिकप्रति उत्तरदायित्व भएर सुरक्षा प्रदान गर्न सुरक्षा निकायलाई निर्देशन दिए । ‘अभियानलले सामाजिक अपराध गुण्डागर्दी देखि ठगी, हिंसा, लागुऔषध लगायत अन्य विकृती नियन्त्रण गर्न मध्धत मिल्ल,’ मोरङका प्रहरी प्रमुख तथा एसपी अरुणकुमार बिसीले भने, ‘बिकृती नियन्त्रण गर्न सबैको साथ सहयोगको खाँचो छ ।’ गाउँदेखि शहरहरुमा गुण्डागर्दी बढेको जनगुनासो आएको आएको छ, उनले भने, ‘यो अभियानले नियन्त्रण गर्दै तस्करी, ठगी, लुटपाट तथा लागुऔषधको कारोबारहरुको नजिकबाट निगरानी तथा नियन्त्रण गर्दछ ।’ उनले सुरक्षाको मुल आधार जनता प्रहरी सेन्टर बनाएर नागरिक केन्द्रित सुरक्षा प्रणालीको स्थापना गर्ने बताए । अभियनामा प्रहरी प्रशासन र स्थानीय नागरिकहरु बीचको सम्वन्धलाई अझ समुधुर वनाउने, शहरी तथा ग्रामिण क्षेत्र हरेक टोलहरुको अवधारणालाई लागु गर्ने, अभियानको सार्थकताको लागी स्थानीय तह समेतको समन्वयमा स्थानीय प्रशासनले निम्न कार्यहरु संचालन गर्नेछ । त्यस्तै एक प्रहरी एक टोल वा एक निश्चित क्षेत्र निश्चित गरी नक्सांकन सहितको कार्यक्षेत्र तयार गर्ने, स्थानीय टोल सुधार समितिहरू गठन भए सो को विवरण तयार गर्ने नभए गठन गर्ने कार्यलाई तदारुकताका साथ गराउन प्रोत्साहित गर्ने, निर्धारित क्षेत्र भित्रमा, सिसिटिभी तथा साइरन जडान गर्ने कार्यमा सबै टोल सुधार समितिहरूलाई प्रोत्साहन गर्ने, आफ्नो क्षेत्र भित्रका घरधुरीहरु, टोल सुधार समुह, नीजि व्यवसायी, सामाजिक संघ संस्था, उद्योग, कलकारखानाहरुको विवरण तयार गर्ने, जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालयहरू र प्रहरी चौकी तथा उक्त स्थानमा रहेका जनप्रतिनिधि लगायत नागरिक समुदाय सहितको समाजमा हुने घटनाहरूको पूर्व सुचनाको लागि नागरिक प्रहरीको संयुक्त संयन्त्र नागरिक सुरक्षा समन्वय समिति निर्माण गर्ने अभियनाको मुल्य उद्देश्य रहेको छ । कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिको प्रमुख भिम पराजुलीले जनतालाई सुरक्षा भएको अनुभव दिलाउन यस्तो अभियान प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताए । ‘महानगरपालिको चलाएको अभियानसँग मिल्दो कार्यक्रम रहेछ,’ उनले भने, ‘सबैको साथसहयोग बाट जनतलाई सुरक्षाको प्रत्याभूति दिलाउन यस्तो अभियनलाई निरन्तरता दिनुपर्छ ।’