नवलपरासी/ गृह मन्त्रालयले शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र प्रशासन अभियान मुलुकभरी आजदेखि सुरु गरेको छ ।
शान्ति सुरक्षा र शुसासन, जनमैत्री प्रहरी र प्रशासन हाम्रो अभियान आज बिहान मुलुकभरी एकै दिन औपचारीक रुपमा शुभारम्म गरिएको हो ।
सो अभियानले आगामी दिनमा शान्ती सुरक्षास्थित बलियो बनाउन सघाउ पुग्ने अपेक्षा गरिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।
प्रहरी प्रशासनलाई अझ जनउत्तदायी बनाउने र शान्ति सुरक्षामा नागरिकको सहभागिता बढाउने लक्ष्यका साथ यो अभियान मुलुकभरी नै शुरु भएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी राना मगरले जानकारी दिए ।
गृह प्रशासन सुधार मार्गचित्र २०७६ को अधिनमा रही आम नागरिकलाई केन्द्रविन्दुमा राखेर शुरु गरिएको यो अभियानलाई “प्रहरी हाम्रो टोलमा” नामबाट पनि बुझ्न सकिन्छ । गृह प्रशासनले यो कार्यक्रम उपयोगी हुने विश्वास लिएको छ ।
“प्रहरी हाम्रो टोलमा” भन्ने अभियान कार्य योजना अन्तर्गत शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र प्रशासन अवधारण लागू गरिएको हो ।
अभियानअन्तर्गत मुलुकभरी नागरिक केन्द्रित सुरक्षा प्रणालीको स्थापना गर्ने, प्रहरी प्रशासन र स्थानीय नागरिकबीचको सम्बन्धलाई अझ सुधार बनाउने र शहरी तथा ग्रामीण क्षेत्रका हरेक टोलमा ‘ब्लक प्रहरी गस्ती’ को अवधारण लागू गर्ने रहेका छन् ।
मुलुकभरका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्थित सरकारी कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, नगरपालिका तथा गाउँपालिका, सामुदायिक प्रहरी तथा सबै सामुदायिक प्रहरी इकाइ, विभिन्न कलेज विद्यालय, विभिन्न टोल सुधार समिति, पत्रकार महासङ्घ र अन्य सरोकारवाला समन्वयमा यो अभियान सञ्चालन गरिनेछ ।
अभियानबाट समाजमा हुनसक्ने सामाजिक अपराध गुण्डागर्दी, ठगी, हिंसा, लागुऔषध, लगायतका अन्य विकृति नियन्त्रण र सामाजिक विकास सुरक्षा प्रणालीको कार्यमा सघाउ पुग्ने छ ।
सो अभियानबाट नागरिक, प्रहरी र प्रशासनबीच सुमधुर सम्बन्ध स्थापना, समाजमा हुने सबै प्रकारका अपराधका घटनामा न्यूनीकरण, शान्ति सुरक्षा कायम राख्ने कार्यमा स्थानीवासीको अपनत्व बढ्ने र नागरिक चेतनाको विकास हुने अपेक्षा गरिएको छ ।
अभियान पश्चात प्रत्येक जनताको घरदैलोमा प्रहरी कर्मचारी पुर्याइ सुरक्षा सरोकारका विषयमा जनतालाई सुसूचित गराउने तथा वस्तुगत परिस्थितिको जानकारी लिने पद्दतिको विकास गरी नेपाल प्रहरी सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले “जनमैत्री प्रहरी सेवा सञ्चालन निर्देशिका ” २०७४ बनाई जारी गर्न लागिएको हो ।
अभियानले गुण्डागर्दी नियन्त्रण, महिला हिंसा र दुव्र्यवहारको अन्त्य वा न्यूनीकरण, तस्कारी, ठगी, लुटपाट, लागुऔषध तथा यसका कारोवारवालाको नजिकबाट निगरानी तथा नियन्त्रण र घटना घटनुपूर्व सावधानी अपनाउन सहयोग गर्ने छ ।