रामेछाप/ रामेछापबाट काठमाडौं आउँदै गरको बस रामेछापमै दुर्घटनामा परेको छ । दुर्घटनामा परेर तीन जनाको निधन भएको छ भने २० जना घाइते भएका छन् ।
घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको रामेछाप प्रहरीले जनाएको छ । बा २ ख ६३७२ नम्बरको बसर रामेछाप नगरपालिका ८, बाबियाखर्कमा दुर्घटनामा परेको हो ।
विरामीहरु मध्ये धेरैको टाउको र अनुहारमा चोट लागेको छ । घाइतेहरुको रामेछापमै उपचार भइरहेको छ । घाइतेहरुका अनुसार बसमा ३० देखि ४० जना यात्रुहरु थिए ।
दुर्घटनाको कारण नखुलेको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।