बर्खास्तीमा परेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले नियोजित रुपमा आफूलाई बर्खास्त गरिएको प्रतिक्रिया दिएका छन्।

एउटा पत्रिकाले लगाएको आरोपकै भरमा आफूलाई सरकारले कारबाही गरेको र यो गैरन्यायिक भएको उनले बताए।

‘कमजोरी कहाँ भयो कसले गर्‍योरु संसदीय समितिको प्रतिवेदनमा कहाँ लेखेको छ कुन प्रमाणको भरमा कारबाही गर्‍योरु खड्काले भने,‘कसैको इच्छापूर्तिको लागि भएको यो निर्णय दुःखद छ।’ कारबाही भए आफूलाई आरोपित गरिएको विषयमा संलग्न सबैलाई हुनुपर्ने उनको भनाइ छ।

‘जुन विषयमा मलाई दोषी देखाईएको छ त्यसको आधार नै स्पष्ट छैन’ उनले सेतोपाटीसँग भने,‘यदि कारबाही नै गर्ने हो भने निर्णय प्रक्रियामा संलग्न सबैलाई हुनुपर्छ।’ संसदीय समितिको अध्ययन प्रतिवेदनमा सबै कुरा स्पष्ट भएपनि एकोहोरो रुपमा आफूलाई निशाना बनाइएको र यो आफूमाथि अन्याय भएको उनको भनाई छ। अरूलाई पनि कारबाही हुनुपर्ने यदि त्यस्तो नभए कानूनी उपचारको हक सबैमा हुने उनले स्पष्ट पारे ।

सेताेपाटी