दाङ/ यहाँको उपमहानगरले १५ श्रमिक बालबालिकालाई उद्धार गरेको छ । उनीहरुलाई प्रतिपरिवार रु १६ हजार ५०० दिइएको छ । पहिलो चरणमा पुनःस्थापना गरिने बालबालिकामा नौदेखि १५ वर्षसम्मका होटेल, ग्यारेज, ग्रिल उद्योग, इँटाभट्टा र यातायातका क्षेत्रमा श्रममा संलग्न भएकाहरु भएको उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले जानकारी दिए ।

कानूनतः १४ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउनेलाई कारबाहीको व्यवस्था भए पनि शुरुआतीमा कारबाही प्रक्रियामा नगएको तर पटक पटक अटेर गरे कानूनी प्रक्रियामा पनि उपमहानगर अगाडि बढ्ने बालसंरक्षण समितिका संयोजक नवराज लामिछानेले बताए। रासस