दाङ /दाङ प्रहरीले तीन ग्राम ९०० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित एक जनालाई शुक्रबार पक्राउ गरेको छ ।

जिप्रका दाङका प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहका अनुसार गढवा–४ निवासी अनिल पछाईलाई पक्राउ गरिएको हो । अवैध लागुऔषध ब्राउन सुगरको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा पछाईलाई उनले प्रयोग गरेको रा३प ८२७९ नंको मोटरसाइकलसहित पक्राउ गरी लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

रासस