धरान ११ बाट लागूऔषधसहित दुई पक्राउ
धरान/फरार अपराधीलाई पक्राउ गर्ने क्रममा धरान–११ बाट लागूऔषधसहित एक फरार अपराधी र अर्का एक व्यक्तिलाई धरान प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार अन्दाजी साढे १ बजेतिर फरार अपराधी सञ्जय राईलाई खोज्ने क्रममा धरान–११ को शिवजी चोकमा घरमै बसिरहेको अवस्थामा पक्राउ परेको हो । पक्राउ पर्नेमा ललित राई पनि रहेको इप्रका धरानका डिएसपी रामेश्वर पौडेले बताए ।
उनीहरुको साथबाट १५ बोतल डाइलेक–डिसी नामक नयाँ लागूऔषध पक्राउ गरिएको उनले बताए । सञ्जय २०५४ सालमा ५ महिना जेल र ३५ सय रुपैया जरिवाना तोकिएका व्यक्ति हुन् । उनी फेन्सिडल नामक लागूऔषधमा जिल्ला अदालतले दोषी सावित गरेको थियो ।