तेह्रथुम/ कमजोर आर्थिक अवस्थाका कारण छाप्रोमा जीवन गजारा गर्दै आउनुभएका तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङका गंगाबहादुर लिम्बूको परिवारलाई अष्ट्रेलियाबाट सहयोग भएको छ । 

लिम्बूको बारेमा विभिन्न सञ्चार माध्यमबाट समाचार प्रशारण भएपछि अष्ट्रेलियास्थित किराँत याक्थुङ चुम्लुङ नामक संस्थाले राहत संकलन अभियन चलाएको थियो ।

कलाकार यासेली योङहाङको सक्रियतामा सो संस्थाले चलाएको अभियानमा संकलित रु ५० हजार २३० बिहीबार जिल्ला सदरमुकाम म्याङलुङमा कलाकार योङहाङले लिम्बूका छिमेकी अर्चना खड्का र सीता तुम्खेवालाई पीडितसम्म पुर्याउन प्रदान गरिएको थियो ।

लिम्बूको घर २०७२ सालको भूकम्पले क्षति गरेपछि पुनःनिर्माण गर्न नसक्दा उनले खुल्ला आकाशमा रात कटाउँदै आएको थियो । रासस