पथरी/ फक्ताङलुङ आइडलको प्रथम अडिसन मोरङको पथरीमा सम्पन्न भएको छ । अडिसनबाट दोस्रो चरणका लागि पथरीबाट तीन जना छनौट भएका छन् ।

बुधबार पथरीशनिश्चरेको उद्योग वाणिज्य संघ हलमा भएको कार्यक्रममा पथरीशनिश्चरेका पर्शुराम सिरेङ, मिक्लाङजोङ गाउँपालिकाको मधुमल्लाबाट सुनिता थक्सु र दिलिप बेघा छनौट भएका छन् । ८ जना प्रतिस्पधिलाई पछि पार्दै तिन जना छनौट भएका हुन । त्यसैगरी पथरीका इङसारा फियाक पास भएता पनि अर्को चरणमा नजाने गरी आयोजकले कार्यक्रममा सम्मानपत्र पत्र प्रदान गरेको छ । फक्ताङलुङ सयङले काठमाडौं, ताप्लेजुङ, पान्थर, इलाम, झापा गरिसकेको छ । सकिएको स्थानहरुबाट लगभग ३० भन्दा बढी दोस्रो राउण्डको लागी छनौट भएको छ । भदौ २३ गते धरानमा हुदैछ, धनकुटा, तेर्हथुम र संखुवासभा पहिलो चरणको छनौट हुन बाँकी रहेको फक्ताङलुङ सयङ संस्थाका अध्यक्ष भवानी बिक्रम सम्बाहाङफेले बताए ।

कार्यक्रम संचालन रंगकर्मी सिर्जना सुब्बा निङलेखूले गरेका थिए । अडिसनमा जजका रुपमा मुन्धुमबिद र गायक यासेली योङहाङले गरेका थिए । कार्यक्रमको क्यामरामा मेघराज मग्रातीले गरेका थिए । कार्यक्रममा अतिथिका रुपमा निर्देशक र कलाकार बिक्रम फागो वनेम,निर्देशक देउ कृष्ण देवान लिंखा, निर्देशक रबि सेर्मा, पुर्व लिम्बुवान आइडल कन्चन थक्लोङ, किरात याक्थुङ्ग चुम्लुङ्ग मोरङ जिल्ला अध्यक्ष बिबेक लिम्बू लगायत रहेका थिए ।  दोस्रो चरणको छनौट असोज ३ गते धरानको चुम्लुङ हिममा हुने इन्द्र चोङवाङले बताए । दोस्रो चरणमा छानिएका प्रतियोगिलाई काठमाडौ लगेर ट्रेनिङ प्रदान गरिने कुरा आयोजक संस्था ’ फक्ताङलुङ सयङ’ का अध्यक्ष भवानी बिक्रम सम्बाहाङफेले बताए । आइडलको फाइनल राउण्ड भने आगामी चासोक तङनाममा गरिने आयोजकले बताएका छन् ।

फक्ताङलुङ सयङ द्वारा आयोजित प्रतियोगितामा सहभागीले याक्थुङ लिम्बू मौलिक भाषामा आधारित लोकगित,हाक्पारे,पालाम,ख्यालीको गायन गाउनु पर्ने हुन्छ । प्रथम हुनेलाई १ लाख, प्रमाणपत्र,ट्रफी,६ महिने संगीतकोर्ष,३ वटा गीतको रेकर्डिङ र अन्तर्रािष्ट्रय कार्यक्रममा सहभागी गराउने । त्यसैगरी दोस्रो र तेस्रो हुनेलाई क्रमश.. ५०हजार,२५ हजार, प्रमाणपत्र,ट्रफी दिने आयोजकले बताएका छन् ।