धरान /विगइभेन्ट नेपालको आयोजनामा हुनलागेकोे मिस प्लस टु २०१७ का प्रतियोगिहरुलाई आइतवार निरभाना फिटनेस , वसन्तटार स्थित लोहोरुङ्ग अर्गानिक फार्म भ्रमण र पर्यटन पर्वद्धन सम्वन्धि प्रशिक्षण दिइएको छ ।

निरिभाना फिटनेस प्रशिक्षण धरान १८ स्थित विपि प्रतिष्ठान क्षेत्र भित्र संचालित झुनाज फिटनेसको हलमा संचालन भएको थियो । उनिहरुलाई झुनाज फिटनेसका प्रशिक्षक सुसान्ति राईले प्रशिक्षण दिएकी थिइन ।

आइतबार नै आर्गानिक फार्म भम्रणको क्रममा फार्मका संचालक कृष्ण राईले कृषि र मानव जिवनको वारेमा सहभागिहरुलाई अफ्नो अनुभव सेयर गरेका थिए ।

नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद रोहित राईले पर्यटन टक सम्वन्धमा पर्यटन , पर्वद्धन सम्वन्धमा आफ्नो भनाई तथा अनुभव वताएका थिए ।किशोरी तथा महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले आयोजित मिस प्लस टु २०१७ को फाइनल धरान ८ स्थित सभागृहमा भाद्र २६ गते हुदैछ ।