तरहरा /गत श्रावण २७ गते आएको बाढिले विस्थापीत भएका इटहरी ३ सुनौलो वस्तीका पिडितहरुलाई नेपाली काग्रेस महासमिति सदस्य राजिब ढुंगानाको पहलमा जस्तापाता वितरण गरीएको छ ।
पिडितहरुलाई पुर्नस्थापनका लागि जस्तापाता वितरण गरिएको हो । सुनौलो वस्तीका २५ विस्थापित परिवारलाई घर निर्माणका लागि जस्तापाता र केही खाद्य सामाग्री पनि वितरण गरिएको काग्रेसका युवा नेता महासमिति सदस्य ढुंगानाले वताए । उनले भने विस्थापीतहरु अझै पनि पालमुनीको बासमा छन हामीले सक्दो सहयोग गरीरहेका छौ । पिडितहरु अझै पनि समस्यामा परीरहको ढुंगानाको भनाई थियो । जस्तापाता सँगै अन्य सामाग्रीहरु समेत वितरण गरीएको थियो ।
घर बगाएपछि खोला छेउको खुल्ला ठाउँमा त्रिपालमुनि बास बस्दै आएका पिडितहरुलाई घर बनाउन सहयोग स्वरुप केही सहयोग गरेको प्रयास गरेका छौ उनले भने । युवा तथा विद्यार्थीहरु मार्फत सहयोग गर्न पनि तयार रहेका वताए । नपाली विद्यार्थी संघका प्रदेश नम्वर एकका संयोजक विकास केसी , उद्योग बाणिज्य संघ इटहरीका पूर्व अध्यक्ष रोहित प्रसाई नेपाल विद्यार्थी सघ सुनसरीका सचिव मन्दिप भट्टराई लगायका उपस्थित रहेको थियो ।
विस्थापनमा परेका पिडितहरुलाई पुर्नस्थापनको काम भईरहेको वडा नम्बरका वडाध्यक्ष बालकृष्ण विष्टले वताए । तत्कालका लागि घर बनाउन मिल्ने पिडितहरुलाई घर बनाउन सहयोग गर्ने र घर बनाउन नसक्नेहरुका लागि अर्को उपयुक्त विकल्प खोजी भईरहेको वडाध्यक्ष विष्टले जनाए ।