शनिश्चरे/गायन प्रतिष्पर्धा ‘नेपाल आइडल’को उत्कृष्ठ ४ मा पर्न सफल मोरङको उर्लाबारीका निशान भट्टराईको प्रोत्साहनका लागि युवाहरुको अगुवाईमा जिल्लाको उर्लाबारी र पथरीशनिश्चरे चोकमा प्रोजेक्टरमार्फत रियालिटी सो लाई प्रस्तुत गरिएको छ ।
एपीवान टेलिभिजनबाट प्रशारित रियालिटी सो मा निशानलाई प्रोत्साहित गर्न पथरी जेसीजको अगुवाईमा बेलुका कार्यक्रमलाई ठूलो पर्दामा देखाउने काम भएको छ ।
स्थानीय सयौं मानिसहरुको उपस्थितीमा विहीवार बेलुकाको प्रतिष्पर्धा र शुक्रबार बेलुकाको नतिजा राउण्डको कार्यक्रम देखाइएको निशान भट्टराई अभियान समिति पथरीशनिश्चरे संयोजक प्रदीप फुयाँलले बताए ।
उर्लाबारी चोकमा पनि निशान जिताउ अभियानको पहलमा प्रोजेक्टरमार्फत कार्यक्रम देखाइएको छ ।
शुक्रवारको चरणमा उत्कृष्ठ ४ मध्येबाट ३ जना छनौट गर्ने कार्यलाई निर्णायकहरुले अर्काे साताका लागि सारेकोमा भनें स्थानीयले ‘भोटिङबाट पैसा तान्ने मेलो’ भनेर असुन्तुष्टि व्यक्त गरेका छन् । पछिल्लो पटक ४ जनाका लागि ३६ लाख बढी एसएमएस भोटिङ भएको थियो ।
निशानका साथै सागर आले, प्रताप दास र बुद्ध लामाबीच प्रतिष्पर्धा भइरहेको छ ।