धरान/ मिस प्लस टु पूर्वाञ्चलका प्रतिस्पर्धीहरुलाई ‘लैंगिक समानता र संस्कृति’ का बारेमा प्रशिक्षण ग।राइएको छ । साथमा प्राथामिक उपचार र सकरात्मक सोच विषयमा पनि परीक्षण गराइयो ।
लैंगिक समानता र संस्कृतिका बारेमा सालिक सतासक, सकरात्मक सोचमा मुरारी सुवेदीले प्रशिक्षण गराए । रोटर्याक्ट क्लव अफ धरान घोपाले प्रथामिक उपचारको प्रशिक्षण गराएको थियो । भाद्र ४ गतेबाट उनीहरुलाई विभिन्न प्रशिक्षण गराउन थालिएको हो । २५ स्पर्धीहरु फाइलनका लागि भिडन्त गरिरहेका छन् । विजेताले नगद ४४हजार ४ सय ४४ रुपैया, ट्रफि प्राप्त गर्ने छ ।
फस्ट रनरले २२ हजार २२२ र सेकेण्डले ११ हजार १११ रुपैया प्राप्त गर्ने प्रचार प्रमुख विकास चाम्लिङ राईले बताए । व्यक्तिगत तर्फ मिस भ्युअर च्वइस, मिस फ्रेन्डसिप, मिस ट्यालेन्ट, मिस वेस्ट क्याटवाक, मिस फोटोजनिक, मिस डिसिप्लिन, मिस व्युटिफुल, मिस एक्टिभ, वेस्ट स्माइल टाइटल पाउने छन् । फाइनल भाद्र २६ गते धरान ८ सभागृहमा हुँदै छ । तस्विरहरुः विकास चाम्लिङ