धरान/ मिस पुर्वाञ्चलका प्रतिस्पर्धी सुन्दरीहरुले धरान उपमहानगरका प्रमुख तारा सुब्बालाई स्वागत सम्मान गरेको छ ।

सिल्भर इन्टरटेनमेन्टको आयोजनामा भइरहेको आठौं सस्करणका प्रतिस्पर्धीहरुले नगर प्रमुख सुब्बाको कार्याकक्षमै पुगेर स्वागत सम्मान गरेका हुन् । साथमा उपप्रमुख मञ्जु भण्डारी सुवेदीलाई पनि स्वागत सम्मान गरिएको छ ।

कार्यक्रममा सिल्भरका अध्यक्ष दीपक बनेपाली, प्रबन्ध निर्देशक सौरभ श्रेष्ठ, प्रवद्र्धक राजेन्द्र गुरुङसहित पुगेर सम्मान पत्र, र खाँदाले स्वागत सम्मान गरेका थिए ।