लहान/ गएराति भारतीय सीमावर्ती क्षेत्र सिरहाको माडरबाट एक युवकलाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको गस्ती टोलीले सिरहा नगरपालिका– १७ स्थित माडरबाट लागुऔषध लुकाइछिपाइ बोकेर आइरहेको अवस्थामा सिरहाको मिर्चैया नगरपालिका– ६ निवासी १९ वर्षीय बलमेन्द्र साहलाई पक्राउ गरेको हो ।
पक्राउ परेका साहको साथबाट नाइट्रोभेट ६० ट्याब्लेट र स्पास्मो प्रोक्सिवान ४५ ट्याब्लेट समेत बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस