
झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, वाँके, वर्दिया, कैलाली र कञ्चनपुरमा ५० रुपैयाँको टकटाइम भ्यालूसहितको जिएसएम प्रिपेड सिमकार्डबाट एनटिसीकै नेटवर्कभित्र थप ५० मिनेट निःशुल्क कल गर्नसमेत सकिने टेलिकमले जनाएको छ ।
साथै बाढी प्रभावित क्षेत्रका एनटिसी प्रयोगकर्ताले आफूले प्रयोग गरिरहेको सिमकार्ड हराएको भए पनि त्यसको सट्टामा अर्को सिमकार्डसमेत निःशुल्क पाउने टेलिकमद्वारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ ।