रामपुर / गए राति करेन्ट लागेर रैनादेवी छहरा गाउँपालिका–२ सोमादीका ३५ वर्षीय खुमबहादुर रेश्मीको मृत्यु भएको छ ।
करेन्टबाट घाइते भएका रेश्मीको उपचारका क्रममा युनाइटेड मिसन अस्पताल तानसेन पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोमबार दिउँसो विद्युत् ट्रान्सफर्मर मर्मत गर्न बिजुलीको खम्बामा चढेका बेला उनलाई करेन्ट लागेको थियो । रासस