धरान/धरानमा तीनजना युवाहरु लागूऔषधसहित ४ जनालाई मोरङको विराटनगर क्षेत्रबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–१९ का ३६ वर्षीय देउमान लिम्बु र सोही ठाउमा डेरा गरी बस्ने ताप्लेजुङका ३७ बर्षीय टिकाराम लिम्बुलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट कोरेक्स ८ बोतल, डाइल्याक्सिम डिसी १५ बोतल, नाईट्रोसन ट्याब्लेट १०० पिस र स्पास्मोप्रोक्सिभन १५२ क्याप्सुल बरामद गरेको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । उनीहरु भारतीय बजार जोगवनीबाट को ११ प ५२५२ नम्बरको स्कुटीको डिकीमा लुकाएर ल्याउँदै गर्दा चेकजाचको क्रममा फेला परेको हो । त्यस्तै मोरङको निमुवा इलाका प्रहरी कार्यालयले पनि चेकजाँचकै क्रममा धरान–१५ का बसन्त लिम्बू र विराटनगर १७ का सुरज रिजाललाई पक्राउ गरेको हो । उनीहरुको साथबाट स्पामोप्रोक्सिभन ४३२ ट्यावलेट नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरुलाई लागूऔषध मुद्दामा अनुसन्धान भइरहेको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।