विराटनगर/२३ औं विश्व आदिवासी दिवसको अवसर पारेर विराटनगरमा भव्य र्याली निकालेको छ । नगर क्षेत्रमा आवद्ध एक दजर्न बढी जातिय संघसंस्थाले बुधबार विराटनगरमा भव्य र्याली निकालेको हो ।
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्य समिति विराटनगरको आयोजनामा निकालेको र्यालीले महानगरपालिकाको विभिन्न भाग परिक्रमा गर्यो । र्यालीमा आ–आफनो जातिय पहिरनमा तथा संस्कृती संरक्षण गर्ने झाकीको समेत सहभागि रह्यो । विराटनगरको सनसारी माइस्थानदेखि सुरु भएको र्यालीले नगर परिक्रमा गर्दै स्थानिय वीरेन्द्र सभा गृह हलमा एक कार्यक्रम गरि कार्यक्रम सम्पन्न हुँदैछ । पछिल्लो समय यूवा पुस्ताले आफ्नो जातिय परम्परा तथा जातिय पहिरन बिर्सन थालेपछि यस्तो कार्यक्रमम अनिवार्य पहिरन लागउने व्यवस्था गर्न थालेपछि पहिनको संरक्षण हुन थालेको नेपाल आदीवासी जनजाति महासंघ मोरङका अध्यक्ष मिनल कुमार राईले बताए ।