शनिश्चरे/प्रेस चौतारी मोरङले स्थापना गरेको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार यस वर्ष पथरीशनिश्चरेका सक्रिय पत्रकार भूपेन्द्र तिम्सिनालाई प्रदान गरिने भएको छ ।

चौतारीको मंगलबारको बैठकले प्रत्येक वर्ष एकजना सक्रिय पत्रकारका लागि प्रदान गरिने सो पुरस्कार तिम्सिनालाई प्रदान गरिने निर्णय भएको चौतारीका जिल्ला उपाध्यक्ष केदार चौहानले जनाए ।

ब्लाष्ट टाइम्समा आवद्ध तिम्सिना २ दशक अघिदेखि पत्रकारिता सँगसँगै साहित्य र कलाकारितामा सक्रिय छन् । साउनको अन्तिम साता कार्यक्रम गरी प्रदान गरिने सो पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ । यो पुरस्कार विगत ९ वर्षअघि स्थापना भएको हो ।