धरान/डेल्टा अप्रेसन अन्तर्गत धरान–१३ बाट दुई युवालाई लागूऔषधसहित धरान प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ । चेकजाँचका क्रममा धरान प्रहरीले धरान–१ का २० वर्षीय सोनु शर्मा र धरान–१२ का २४ वर्षीय अमृत बंगालीलाई नियन्त्रणमा लिएको हो । सोनुको साथबाट लुपिजेसिक ३० एम्पुल, डाइजोलोपाम ३० एम्पुल र एभिल ३० एम्पुल बरामद गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । बरामद लागूऔषधसहित दुवैलाई इप्रकामा राखी थप अनुसन्धान भइरहेको डिएसपी खतिवडाले बताए ।