भेडेटार मुन्तिर दुर्घटना हुँदा दुई घाइते
धरान/धरान ४ भेडेटार मुन्तिर विद्युत प्राधिकरणको भ्यानले मोटरसाइकललाई ठक्कर दिदा दुईजना घाइते भएका छन् ।
को २० प २६४ नम्बरको मोटरसाइलकमा सवार कानेपोखरी गाउँपालिका २ का बाबु र छोरा घाइते बनेका हुन् । घाइतेहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । धरानबाट धनकुटा जाँदै गरेको धनकुटा बिद्युत प्राधिकरणको ना १ ञ १०६ नम्बरको भ्यानले मोटरसाइकललाई मंगलबार ठक्कर दिएको थियो । घाइते हुनेमा कानेपोखरी–२ का ताराप्रसाद ओझा र पछाडी सवार १४ वर्षीय छोरा दिपक घाइते भएका हुन् । भ्यान र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।