भद्रपुर/पछिल्लो पटक झापाको भद्रपुर नगरपालिका अन्तरगत रहेको चन्द्रगढी क्षेत्रमा चोरको विगविगी बढेको पाइएको छ । सुरक्षाको दृष्टिकोणले सुरक्षति रहेको चन्द्रगढी क्षेत्रमा केहिसमय देखि चोरको निगरानी बढेको पाइएको हो । नगरपालिका अन्तरगत रहेको वडानम्बर ७,१०,९ लगायतका स्थानहरुमा समयअनुकुल मिलाएर चोरी हुने गरेको पाइएको छ । यसैक्रममा लेखनाथ चौक पश्चिम भद्रपुर ७ स्थित सडकको छेउमा रहेको रामप्रसाद पौडेलको घरमा गएराती चोरी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरण्डाकोठाको ताला फुटाएर सुटकेश,झोला लगायतका पोका घर देखि करिब तिनसय मिटर पश्चिम कौवा खाडीको चौरमा लगेर छरपस्ट पारेको प्रहरीको जनाएको छ । व्यागमा रहेका कागजपत्र,कपडा लगायतका सामान फालेको अवस्थामा भेटिएको शारदा पौडेलले बताइन् । श्रीमान मतदान अधिकृतको जिम्मेवारी पाएर शुक्रवार देखि झापाको दुवागढी मतदान केन्द्रमा गएको मौका पारेर चोरी भएको उनले बताइन । कोठामा रहेको नेपाली वाह् हजार र भारतिय एक हजार रुपैया लगेको साथै श्रीमानले राखेको अन्य वस्तुवारे आफुलाई थाहा नभएको उनले सुनाइन् । सामाग्री चोरी भएको उज्यालो भएपछिमात्र थाहा पाएको उनको भनाई छ । घट्ना पछि प्रहरीले सामानको मुचुल्लका उठाई जिम्मा लगाएको छ । लेखनाथ चौक देखि पश्चिम करिब तिनसय मिटरको दुरीमा चोरी भएको छ । चौकमा प्रहरी विट राखेर २४सै घण्टा प्रहरीको सुरक्षा रहेपनि प्रहरीलाई चुनौति दिदै चोरले सामाग्री लान थालेको स्थानीय बताउँछन् । धेरै वर्षअघि गाईवस्तु चोरी हुने क्षेत्रमा केहि महिना यता चौपाया छाडेर अन्य सामाग्रीमा चोर लागीपरेको पाइएको छ । दुई हप्ता अघि जिल्ला प्रहरीको आसपासमा रहेको नविन चापागाइको घरमा दिउसै चोरी भएको थियो । घरमा ताला लगाएर श्रीमती भजनमा गएको मौका पारेर केहि सुनका गरगहना लगेको सार्वजानिक भइसकेको छ । निर्वाचनको समयमा प्रहरीको गस्ति बाक्लो रहेको अवस्थामा सदरमुकाम आसपासमानै चोरी भएकोमा आफु गम्भिर भएको जिल्ला प्रहरी कार्यालयका एसपी शैलेस थापा क्षेत्रीले बताए । घट्नालाई ध्यानमा राखी थप गस्ति बढाइने एसपी थापाको भनाई छ ।