धरान/नेकपा (एमाले) धरानका अध्यक्ष तथा मेयरका उमेद्धार तारा सुब्बाले धरानमा अब कोही पनि सुकुम्बासी हुन नहुने बताएका छन् । धरानमा ठुलो संख्यामा रहेका सुकुम्बासीहरुलाई स्थानिय तहको निर्बाचनमा जित हासिल गरेपछि नै धनिपुर्जा दिने प्रकृयाका लागी आबश्यक काम थाल्ने बताएका छन् । आईतबार आयोजीत चुनाबी सभामा बोल्दै उनले कुनैपनि बासिन्दालाई उठिबास लगाउन नहुने बताएका छन् । धरानका सुकुम्बासीहरुको समस्याका बारेमा धारण राख्दै उनले एमालेले २०५१ सालमा सुरु गरेको सुकुम्बासीलाई धनिपुर्जा बितरण गर्ने कार्यक्रमलाई स्थानिय तहको निर्बाचनमा जित हासिल गरेपछि निरन्तरता दिने बताएका छन् । धरानका सुकुम्बासीलाई नगरबासी बनाउने अभियानमा पहिले देखिनै एमाले लागेको भन्दै उनले स्थानिय तहको निर्बाचनमा एमालेले जित हासिल गरे पहिलो सुकुम्बासीलाई घर नम्बर दिने कार्य तत्काल सुरु गर्ने र घर जग्गाको स्वामित्व दिने प्रकृया थाल्ने बताएका छन् । धरानका सुकुम्बासीका हरेक समस्यालाई महसुस गरेको भन्दै अब धरानका सुकुम्बासीलाई नगरबासी बनाएरै छाड्ने बताएका छन् । धरानका शिक्षा,स्वास्थ्य तथा पर्यटनको केन्द्र बनाउदै सांस्कृतीक रुपमा धरानलाई अध्ययन केन्द्रको रुपमा बिकास गर्ने आफुरुको भिजन रहेको भन्दै उनले हरेक नागरिकले धरानमा सम्मानपुर्वक बाच्न र काम गर्न पाउने कुरालाई एमालेले ज्ञारेण्टी गर्ने बताए । धरानमा प्रमुख रुपमा देखिएका खानेपानी,वसपार्क,बिमानस्थल जस्ता योजनाहरु सम्मपन्न गर्नेे पक्षमा एमाले रहेको बताउदै उनले धरानमा रहेको अबैज्ञानिक कर प्रणालीलाई बैज्ञानिक बनाउनु आबश्यक रहेको औल्याए । कार्यक्रममा बोल्दै एमाले जिल्ला कमिटी सदस्य तथा उपमेयरकी उमेद्धार मञ्जु भण्डारीले धरानका महिलालाई हरेक निकायको निर्णयक तहमा पु¥याउन लागि पर्ने बताए । धरानलाई महिलाहिंसा मुक्त नगरका रुपमा स्थापित गर्नु पर्ने भन्दै उनले महिलाहरुले सञ्चालन गर्ने हरेक ब्यबासायीक कार्यक्रमा सहयाता हुनु पर्ने बताईन ।