सिरहा/ लोड गरिएको ट्रयाक्टर दुर्घटना हुँदा सिरहामा एक युवकको ज्यान गएको छ । शुक्रवार मिर्चैया–कल्याणपुर सडकखण्ड अन्तर्गत मिर्चैया ३ राघोपुर स्थित दक्षिणबाट उत्तर जादै गरेको स १ त ४७३६ नं को ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्रयाक्टरमा सवार एक युवकको मृत्यु भएको प्रहरीले जनाए । मृत्यु हुनेमा सिरहा अर्नमा गाउपालिका १ बस्ने पल्टन चौधरीको १६ वर्षीय छोरा रुपण चौधरी रहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरिक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्यले बताए । मृतकको शवलाई पोष्टमार्टमका लागी रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहान पठाईएको डिएसपी बज्राचार्यले बताए । यता, ट्रयाक्टर ईलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेको प्रहरीले बताएको छ ।