धरान/धरानमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता गरिएको छ । साना तथा स्वतन्त्र उम्मेदवारहरुले निर्धारित समय मै मनोनयन दर्ता गराउन पुगेका थिए ।
[caption id="attachment_47981" align="alignnone" width="979"]

तस्बिरः भाेजराज श्रेष्ठ[/caption]
धरान–८ स्थित सभागृहमा भइरहेको मनोनयमा स्वतन्त्रसहित करिव १२ वटा पार्टीहरुले मनोनयन गराएका छन् । ठूला तीन पार्टीहरुले झाँकी र्यालीसहित मनोनयन दर्ता स्थल सभागृहमा पुगेका थिए ।
जहाँ शान्तिपूर्ण वातवारणमा मनोनयन दर्ता भएको छ । धरान क्षेत्रको प्रमुख निर्वाचन कार्यालय रहेको सभागृहमा तीन पार्टीले मानवसागर नै उल्टाएको थियो । ठूला दलहरुमा सबै भन्दा सुरुमा कांग्रेसले मनोनयन गराएको थियो ।
त्यस्तै नेकपा माओवादी केन्द्र र एमालेले मनोनयन गराएको थियो । मनोयनका क्रममा झाँकी र्याली प्रस्तुत गर्दा धरानको भानुचौकदेखि अलट पेट्रोलपम्पसम्म सवारी आवागमनसमेत ठप्प भएको थियो ।
जसका कारण ट्राफिक व्यवस्थापनमा चुनौति देखिएको थियो । मनोनयद दर्ता स्थलमा वडागत रुपमा मनोनयन हुने वडा अध्यक्षदेखि सदस्यहरुलाई प्रमुखतका साथ पहिलो नम्बरमा राखिएको थियो भने त्यसपछि मेयर, उपमेयरका उम्मेदवारहरुलाई स्थान प्रदान गरिएको थियो ।
बाक्लो सुरक्षाकर्मीहरुका बिच गरिएको मनोनयन दर्ताका कारण चुनावी माहौल तात्तिएको आभाष भएको थियो । मनोनयन दर्ता स्थलमा जनपथ प्रहरी, सशस्त्र प्रहरी र अन्तिममा नेपाली सेनाले निगरानी गरेको थियो ।
ठूलो संख्यामा कार्यकर्तासहित नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका दर्ता स्थलमा पुग्दा सभागृह हेर्न लायक बनेको थियो । स्वतन्त्रबाट पनि मेयर, उपमेयरसहित वडा अध्यक्षहरुसमेतले उम्मेदवारी दर्ता गराएका छन् । कतिपयले स्वतन्त्रको नाममा बागी उम्मेदवारीसमेत दिएका छन् ।
पार्टीगत रुपमा राष्ट्रिय जनमोर्चा, जनजागरण पार्टी, राप्रपा, संघीय लिम्बुवान पार्टी नेपाल, संघीय समाजवादी फोरम, नयाँ शक्ति पार्टी, एमाले, कांग्रेस र माओवादी केन्द्रलगायतका दलले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।
धरानमा कुल ७९ हजार २८२ जना मतदाता रहेका छन् । जसमा २८ वटा मतदान केन्द्र छन् भने ८७ वटा मतदान स्थल तोकिएको छ ।