जनकपुर/स्थानीय तह दोश्रो चरणको निर्वाचनका लागि भइरहेको मनोनयन दर्ता विथोल्न खोज्दा राजपाको कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । मनोनयन दर्ताको विरोध गर्दै बन्द गर्न खोजेपछि प्रहरीले सुरक्षा प्रदान गर्ने क्रममा झडप भएको बताइएको छ । झडपमा केही कार्यकर्ताहरुलाई नियन्त्रणमा लिइएको छ । प्रहरीले पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री सरिता शाह, राजपा धनुषा संयोजक पर्मेश्वर शाहलगायतलाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ । झडपका क्रममा राजपाका नेता कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ । राजपाका स्थानीय कार्यकर्ता विभा ठाकुर र सरिता शर्मा घाइते भएका हुन् । उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।