धरान/दोस्रो चरणको निर्वाचन हुने तीनवटा प्रदेशहरुमा अहिले मनोनयन दर्ता धमाधम भइरहेको छ । जस अन्तर्गत धरानमा पनि अहिले मनोनयन दर्ताको क्रममा रहेको छ । [caption id="attachment_47981" align="alignnone" width="979"] तस्बिरः भाेजराज श्रेष्ठ[/caption] बिहान ८ बजेदेखि सुरु भएको मनोनयनमा विशेष गरी साना पार्टीहरु सहभागी रहेका छन् । ठूला पार्टीहरु नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारहरु भने अहिलेसम्म मनोनयनमा आइपुगेका छैनन् । धरानको सभागृहमा जारी रहेको मनोनयन दर्ता साँझ ४ बजेसम्म जारी रहने छ । त्यो अवधि भित्र मनोनयन गरेकाहरुलाई मात्रै निर्वाचन आयोगले आगामी असार १४ गते हुने निर्वाचनमा सहभागी गराउने छन् । आइतबार मनोनयन दर्ता हुने छ भने भोली दाबी विरोधसँगै उम्मेदवारको अन्तिम नामावलीसमेत प्रकाशित गरिने धरान निर्वाचन कार्यालयका अधिकृत जयप्रसाद महतले बताएका छन् । करिव १२ बजेसम्म धरानको निर्वाचन कार्यालयमा साना दलहरुले धमाधम मनोनयन दर्ता गरिरहेका छन् । ठूला पार्टीहरु यसका लागि समावेश भएका छैनन् । केही समयपछि सहभागी हुने जनाइएको छ । विशेष गरी आजका दिन ठूला पार्टीहरुले तामझामका साथ र्याली गर्दै मनोनयन दर्ता स्थलमा आइपुग्ने तयारी थालेका छन् । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि १, ४ र ७ नम्बर प्रदेशमा ३३४ स्थानीय तहको १ महानगरपालिकासहित ७ वटा उपमहानगर र १११ वटा नगरपालिका र २१५ गाउँपालिकाहरु रहेका छन् । यसमा १५ हजार ३८ जना प्रतिनिधि निर्वाचित हुने छन् ।