काठमाडौँ/ काठमाडौँ निवासी उमेशप्रसाद दाहालले आफ्ना स्वर्गीय मातापिता अग्निप्रसाद र अरुणादेवी उपाध्यायको सम्झनामा रु एक लाख राशिको ‘वेद ज्योतिष पुरस्कार’ स्थापना गरेका छ ।
धरानस्थित पिण्डेश्वर विद्यापीठबाट सर्वोत्कृष्ट अङ्क ल्याउने शास्त्री तहका वेद र ज्योतिष विषयका विद्यार्थीलाई विद्यापीठको वार्षिकोत्सवमा सो पुरस्कार राशिबाट आउने व्याजबाट रु दुई हजार पाँच सय पुरस्कार प्रदान गरिने छ । गत वर्ष सोही विषयमा सर्वोत्कृष्ट अङ्क ल्याउने शास्त्री तहका विद्यार्थी लक्ष्मीनारायण भटृराईलाई प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गरिएको थियो ।
रासस