धरान/धरानमा पहिचानवादी तीनवटा पार्टी मिलेर चुनाव लड्ने भएका छन् । नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम र बाबुराम नेतृत्वमा नयाँ शक्ति पार्टी मिलेर चुनाव लड्ने उद्घोष गरिएको हो । [caption id="attachment_47746" align="alignleft" width="576"] तस्बिरः ब्लाष्ट/उपेन्द्र चाम्लिङ[/caption] तीनवटा पार्टीले बिहीबार धरानमा पत्रकार सम्मेलन गर्दै पहिचानको लागि पनि पहिचानवादी दलहरु एक ठाउँमा उभिनु परेको बताए । यसका लागि तीनवटा पार्टीहरुले केही दिन यतादेखि एकिकरणको प्रयासमा थिए । जसका लागि माओवादी केन्द्रबाट पोलिटव्युरो सदस्य एवम् सुनसरी जिल्ला निर्वाचन परिचालन कमिटीका संयोजक मुक्सामहाङ मेन्याङ्बो, संघीय समाजवादीका तर्फबाट केन्द्रीय राजनैतिक समिति सदस्य एवम् संगठन विभाग सचिव ध्यानबहादुर राई र नयाँ शक्तिका धरान नगर संयोजक सुरेश लिम्बू बीच सहमति बनेको हो । उनीहरु बीचको सहमति अनुसार मेयरमा माअ‍ोवादी केन्द्रका अइन्द्रबिक्रम बेघा नै हुने छन् भने उप मेयरमा भने संघीय समाजवादीबाट पारस काङमाङ राई लड्ने घोषणा गरेको हो । यस अघि माओवादीले महिला उम्मेद्वारका चेतना श्रेरेङ, पत्रकार गंगा बराल र लक्ष्मी प्रधानको नाम अघि ल्याइरहेको थियो । संघीय समाजवादीले मेयरमा पारसको नाम सार्वजनिक गरे पनि उपमेयरमा कसैको नाम सार्वजनिक गरिसकेको थिएन् । तीन पार्टीबीचको तालमेलपछि मेयर तथा उपमेयरमा अनिवार्य महिला हुनु पर्ने प्रावधान विपरीत गएको छ । जसका कारण महिला उम्मेद्वारहरुले मौका प्राप्त गरेका छैनन् । तीनवटै पार्टीले आधिकारिक रुपमा उठाएका मेयर तथा उपमेयरलाई नै मतदान गर्ने कार्यकर्तामाझ सर्कुलरसमेत गरेको छ । जस अन्तर्गत धरान उमपहानगरको १६ नम्बर वडामा भने नयाँ शक्तिको उम्मेद्वारलाई सघाउने सहमति बनेको छ । त्यस्ते वडागत परिस्थिति र बस्तुगत आवश्यकतालाई हेरेर तीनवटै पार्टीहरुले सहकार्य गर्दै अघि बढ्ने निर्णयसमेत भएको माओवादीका नगर संयोजक चोत्लुङले पत्रकार सम्मेलनमा बताए । यो तालमेलसँगै धरानको चुनावी माहौल केही परिवर्तन हुने संकेत देखिएको छ । कांग्रेसले नगर सभापति तिलक राई र पूर्व महासमिति सदस्य श्यामा रेग्मीको नाम अघि सारेको छ । तर, आधिकारिक रुपमा हालसम्म सार्वजनिक भएको छैन् त्यस्तै नेकपा (एमाले) ले धरानमा तारा सुब्बा र मञ्जु भण्डारीको नाम सार्वजनिक गरिसकेको छ । यसले गर्दा कस्को पल्ला भारी होला भन्ने आम नागरिकमा चासोको विषय बन्दै गइरहेको छ ।