धरान/बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १२ स्थित विपिचोकमा एक घरको छतबाट खस्दै गरेेकी बालिकालाई जमिनमा पर्नु अगाडि नै सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
स्थानीय नफिज करिवालको तीन वर्षीया छोरी जयनत करिवाललाई दुई तले घरको छतबाट खस्दै गरेको अवस्थामा देखेर त्यही ठाउँमा ड्युटीमा रहेका सशस्त्र प्रहरीले उद्धार गरेको हो ।
बच्चा छतबाट खस्दै गरेको देखेका सशस्त्र प्रहरी नायव निरीक्षक भीमबहादुर कठायतले ती बालिकालाई जमिनमा पर्नुभन्दा पहिल्यै समातेर उद्धार गरेका थिए ।
सो ठाउँमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा कार्यालय बाँकेबाट सशस्त्र प्रहरी नायव निरीक्षक कठायतसहितको एपीएफ टोली ड्युटीमा खटिएको थियो ।
त्यस ठाउँमा एपीएफ टोली रहेकै छेउको घरको छतबाट ती बालिका खसेकी थिइन् ।